देश/प्रदेश

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

By खबरहब

December 28, 2023

जानकी– बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । 

मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका-२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ । 

खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको सेनाले जनाएको छ । निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले  सकेट फेला पारेको हो । 

अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्कृय पारिरहेको बताइएको छ ।