समाचार

राष्ट्रपति पौडेल र जापानी राजदूतबीच शिष्टाचार भेट

By खबरहब

December 28, 2023

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निःशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको उल्लेख गरेका छन् ।

साथै उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि  पुर्‍याईआएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरी आजै राष्ट्रपति पौडेलसमक्ष थाइल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर वलीले पद तथा गोपनीयताको शपथ लिए। उक्त अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।