राजनीति

सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक 

By खबरहब

December 28, 2023

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बसिरहेको छ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेबाट बैठक सुरु भएको हो।

तीन दिन चल्ने बैठकमा सरकारमा सहभागी आफ्ना मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा मुख्य ‘एजेण्डा’ बनाइएको कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

यस्तै बैठकमा आगामी पुस १६ गते पार्टीले मेलमिलाप दिवस मनाउने सम्बन्धमा, महासमिति बैठकको तयारीलगायतका विषयमा छलफल हुनेछ ।

यसैगरी राष्ट्रियसभा निर्वाचनमा आवश्यक मापदण्ड र पार्टीले यसअघि नै सुरु गरेको समुदायमा कांग्रेस अभियानका सम्बन्धमा समेत छलफल हुने विश्वकर्माले बताए ।