क्रिकेट

कर्णालीमाथि बागमती १० विकेटले विजयी

By खबरहब

December 28, 2023

काठमाडौँ– जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिता अन्तर्गत बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

बिहीबार सम्पन्न खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको केवल ४३ रनको लक्ष्य पछाएको बागमतीले ४.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि कर्णालीले पहिला ब्याटिङ गर्दै १३.४ ओभरमा अल आउट हुँदै केवल ४२ रन बनाएको थियो ।

यो जितपछि बागमती प्रदेशको प्लेअफको सम्भावना बलियो बनेको छ । बागमतीको ६ खेलमा ८ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

त्यस्तै कर्णाली प्रदेशले भने लगातार छैटौँ खेलमा हार बेहोरेको छ र  प्लेअफको दौडबाट बाहिरिएको छ ।