अपराध

अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

December 28, 2023

काठमाडौं– अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा  एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ घर भएका हाल बुढानीलकण्ठ बस्ने ५१ वर्षीय हरी कुमार दाहाल रहेका छन् ।

दाहालले खेम बहादुर डाँगीलाई वैदेशिक रोजगारीको लागि अजरबैजान पठाइदिन्छु त्यसको लागि छ लाख ५० हजार रुपैयाँ लाग्छ, अजरबैजान पुगेपछि होटलमा काम लगाइदिन्छु जहाँ मासिक ७५ हजार कमाइ हुन्छ भनी प्रलोभनमा पारी छ लाख ७७ हजार रुपैयाँ  लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले बुधबार बुढानीलकण्ठ पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।