समाचार

कांग्रेस मन्त्रीहरूले कार्यसमिति बैठकमा शुक्रबार कार्य प्रगति पेस गर्ने  

By खबरहब

December 28, 2023

काठमाडौँ– नेपाल कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज १६  केन्द्रीय नेताले आफ्नो धारणा राखेका छन् । 

बिहीबारदेखि सुरु भएको बैठकमा शुक्रबार सरकारमा रहेका मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्य प्रगति प्रतिवेदन बैठकमा पेस गर्ने  बताइएको छ  । 

भोलि शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुन बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 

आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू राखेका थिए।