फाइल तस्वीर

राजनीति

अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँदै

By खबरहब

January 29, 2023

काठमाडौँ – अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदैछिन्।

नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार दुई दिन काठमाडौँमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतसँग राजनीतिक भेटवार्ता गर्नेछिन्।

नयाँ सरकार बनेपछि अमेरिकी अधिकारीको यो पहिलो उच्चस्तरीय भ्रमण हो। केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराएका थिए।

३३ वर्ष कूटनीतिक सेवामा बिताइसकेकी नुल्याण्डको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।