मनोरञ्जन

गायक केसीको ‘घर त गैरी गाउँ’ सार्वजनिक (भिडिओसहित)

By खबरहब

January 29, 2023

काठमाडौँ – गायक मनोज केसीको स्वरमा रहेको ‘घर त गैरी गाउँ’ गीत सार्वजनिक गरिएको छ ।  उक्त गीतमा गायिका अस्मिता अधिकारीले मनोजलाई स्वरमा साथ दिएकी छन् ।

मनोज केसी र रामकुमार गुरुङ (आरके गुरुङ)को शब्द सृजना रहेको सो गीतमा आरके गुरुङले संगीत भरेका छन् ।

झम्के साँझ, सोल्टिनी, मस्यौरी, चाइनेजो, साह्रै मन अत्त्याउनी, भँमरा, फिदा, मेरो क्रस, सालैजो कौराजस्ता हजारबढी लोकपप आधुनिक गीतहरुको भिडियो निर्देशन गरेका दीपेन्द्र तिमल्सिनाकै निर्देशन र कोरियोग्राफीमा गरेको ‘घर त गैरी गाउँ’को भिडियोमा जुना सुन्दास, आयुस्मा कार्की, गणेशमान घले र रमेश थापाको अभिनय छ ।

तिमल्सिनाले नेपाली तथा भोजपुरी गरी एक दर्जनभन्दा बढी चलचित्रहरुमा नृत्य निर्देशन गरेका छन् ।

हेर्नुस् भिडिओ