राजनीति

नागरिकता प्रमाणपत्र लिन रवि पुगे जिल्ला प्रशासन कार्यालयमा

By खबरहब

January 29, 2023

काठमाडौँ – रवि लामिछाने नेपाली नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेका छन् ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको भन्दै सांसद तथा गृहमन्त्रीको पद गुमेपछि उनी आइतबार पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेका हुन् ।

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार सांसद पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए । लगत्तै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए।

यसपछि आइतबार समर्थकसहित उनी पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रशासन कार्यालय काठमाडौँमा पुगेका हुन् । प्रशासन परिसरमा अहिले उनका समर्थकको भिड लागेको छ ।