फाइल फोटो

राजनीति

कांग्रेसले तोक्यो निर्वाचनमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय

By खबरहब

January 29, 2023

काठमाडौँ- नेपाली कांग्रेसले निर्वाचनमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय तोकेको छ ।

कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ ।

पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्म तोकिएको कांग्रेसको केन्द्रीय अनुशासन समितिले आज जनाएको छ ।