फाइल तस्वीर

आर्थिक

अनुमतिपत्र बिना वस्तु विनिमय बजार व्यवसाय नगर्न धितोपत्र बोर्डको निर्देशन

By खबरहब

January 29, 2023

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले अनुमतिपत्र बिना वस्तु विनिमय बजार व्यवसाय नगर्न निर्देशन दिएको छ । धितोपत्र बोर्डले सूचना जारी गर्दै अनुमतिपत्र बिना वस्तु विनिमय बजार सञ्चालन गरे कारवाही गर्ने जनाएको छ ।

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान नगरेको व्यहोरा सम्बन्धीत सबैमा बोर्डले सूचित गराएको छ ।

पछिल्लो समय केही संस्था–कम्पनीले वस्तु विनिमय बजार सम्बन्धी कारोबार गरिरहेको जनाउँदै बोर्डले ती कम्पनीहरुलाई सचेत गराएको जनाएको छ ।