प्रतिकात्मक तस्वीर

अपराध

जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

By खबरहब

January 29, 2023

काठमाडौँ- एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पश्चिम रुकुमबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जबरजस्ती करणीको आरोपमा धादिङका २७ वर्षीय जनक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले मुसिकोट नगरपालिका १ निवासी २२ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको बताए ।

युवती माघ ११ गते राति बलात्कारमा परेकी थिइन् । अभियुक्त श्रेष्ठलाई पश्चिम रुकुम जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।