सांकेतिक तस्बिर

अपराध

बैतडीमा लागूऔषधसहित एक जना पक्राउ

By खबरहब

January 29, 2023

काठमाडौँ- बैतडीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दशरथ नगरपालिका ८ त्रिपुरा पुजारीगाउँबाट अवैध लागूऔषधसहित ५० वर्षीय नारायणसिंह थापालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

२ सय ८० ग्राम लागूऔषध चरेशसहित थापालाई प्रहरी प्रक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले नारायण सिंहको खुद्रा पसल, घर र शरीर खानतलासी गर्ने क्रममा चरेश फेला परेपछि उनी पक्राउ परेका थिए । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।