काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आकस्मिक बैठक बोलाएका छन् ।
बुधवार दिउँसो साढे १ बजे पार्टी कार्यालय आलोक नगरमा अध्यक्ष नेपालले सचिवालय बैठक बोलाएका हुन् ।
बिहान बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीको नाम मागेपछि अध्यक्ष नेपालले पार्टीको बैठक बोलाएका हुन् । यसअघि हिजो बसेको एकीकृत समाजवादीको बैठकले मन्त्रालयको टुंगो लागे मात्र मन्त्रीको नाम दिने बताएको थियो ।
आजको बैठकले एक जना मात्रै पठाउँदा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।
एकीकृत समाजवादीले तीन मन्त्रालय मागे पनि दुई मन्त्रालय मात्र दिन सकिने प्रधानमन्त्री प्रचण्डले बताउँदै आएका छन् ।