राजनीति

नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री प्रचण्ड

By खबरहब

March 29, 2023

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने दाबी गरेका छन् ।

बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले राज्यको अग्रगामी पुन:संचनासहित अधिकार व्यवस्थित रूपमा बाँडफाँट गरेको र यसको ठिक ढङ्गले प्रयोग र अभ्यास गर्न सकेमा नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने दाबी गरेका हुन् ।

यसै गरी उनले नेपालको संविधान २०७२ मा स्थानीय तहलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकारसहित एक स्वतन्त्र तहका रूपमा परिभाषित गर्दै अधिकार विन्यास गरेको समेत बताए ।