देश/प्रदेश

सप्तरीमा साइकलबाट लडेर वृद्धको मृत्यु

By खबरहब

March 29, 2023

सप्तरी- सप्तरीको छिन्नमस्ता गाउपालिका-५ लाेखरमका एक जना वृद्धको साइकलबाट लडेर मृत्यु भएको छ ।

छिन्नमस्ता गाउपालिका-१ बरहि वीरपुरस्थित नहरचाेक नजिक साइकलयात्री ६९ वर्षीय पदमलाल दासकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

साइकलबाट लडेर गम्भीर घाइते दासलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगे पनि उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगरस्थित नर्सिङ हाेम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।