मनोरञ्जन

‘टाइगर बनाम पठान’ मा शाहरुख र सलमानको द्वन्द्व

By खबरहब

March 29, 2023

मुम्बई- अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ ले बक्सअफिसमा धमाल नै गर्‍यो । यो फिल्मले भारतमा मात्र ५ सय करोडको कलेक्सन गर्‍यो । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय थियो । फिल्ममा अभिनेता सलमान खानले पनि केमियो गरेका थिए ।

अब चाँडै नै दर्शकले शाहरुख र सलमानलाई अर्को फिल्म ‘टाइगर बनाम पठान’ मा एकसाथ देख्न पाउने भएका छन् । यशराज फिल्मस्को स्पाई युनिभर्सबाट निर्माण हुने नयाँ फिल्मको तयारी सुरु भइसकेको छ । फिल्ममा शाहरुख र सलमान एक अर्काका विरोधी हुनेछन् । फिल्मको सुटिङ २०२४ को जनवरीबाट सुरु हुनेछ ।

‘टाइगर बनाम पठान’ अघि शाहरुख र सलमान फिल्म ‘टाइगर ३’ मा एकसाथ देखिँदै छन् । कटरिना कैफको समय अभिनय रहने फिल्ममा शाहरुखको कमियो हुने छ । सलमानको ‘टाइगर ३’ नोभेम्बर १० मा रिलिज हुँदै छ ।