फाइल तस्वीर

ब्रेकिङ स्टोरी

नेकपा एसले प्रकाश ज्वालालाई सरकारमा पठाउने

By खबरहब

March 29, 2023

काठमाडौँ- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्तिमा मन्त्री बन्ने एक जनाको नाम मागेपछि आज आकस्मिक रुपमा बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले उपमहासचिव ज्वालालाई सरकारमा पठाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सम्भवतः आजै सपथ हुनेछ । एकीकृत समाजवादीलाई पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भाग परेको जनाइएको छ ।

भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको नारायणकाजी श्रेष्ठलाई गृहमा पठाएर ज्वालालाई सो मन्त्रालय दिन लागिएको बुझिएको छ ।