फाइल फोटो

ब्रेकिङ स्टोरी

कांग्रेसले उपसभापति खड्कालाई सरकारमा पठाउने

By खबरहब

March 29, 2023

काठमाडौँ- नेपाली कांग्रेसले पहिलो चरणमा उपसभापति पूर्णबहादुर खड्कालाई मन्त्रिपरिषदमा पठाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको तयारी थालेपछि कांग्रेसले उपसभापति खड्कालाई सरकारमा सहभागी गराउने भएको हो ।

कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमि व्यवस्था र महिला तथा बालबालिका मन्त्रालय पाउने सम्भावना रहेको बताइएको छ । पहिलो चरणमा खड्का उपप्रधान तथा रक्षामन्त्री बनेर सरकारमा सहभागी हुनेछन् ।