प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

ईयूले उच्च जोखिममा रहेका मुलुकको सूचीबाट पाकिस्तानलाई हटायो

By खबरहब

March 29, 2023

पाकिस्तान- पाकिस्तानका वाणिज्यमन्त्री सैयद नाभिद कमरले पाकिस्तानलाई युरोपेली सङ्घ (ईयू) को उच्च जोखिममा रहेका मुलुकहरूको सूचीबाट हटाइएको बताएका छन् ।

यसको अर्थ आफ्नो मुलुकका लागि ईयूको बजारमा निर्यात बढाउने अवसर भएको उनले बताए ।

उनले भने, ‘उच्च जोखिममा रहेका तेस्रो मुलुकहरूको सूचीबाट हटाउने निर्णय पछि, युरोपेली कानूनी र आर्थिक व्यवसायीहरूले अब पाकिस्तानी व्यवसाय र व्यक्तिहरूलाई ‘जोखिमको कारण प्रतिबन्ध’ को अधीनमा राख्ने छैनन् ।’

मन्त्री कमरले भने, ‘पूर्व प्रतिबन्धहरूले विगत केही वर्षहरूमा पाकिस्तानको अर्थव्यवस्था, निर्यातहरू र व्यापारीहरूलाई क्षति पुर्‍याएको छ ।’

पाकिस्तानलाई सन् २०१८ मा युरोपेली सङ्ले कमजोर सम्पत्ति शुद्धीकरण र आतङ्कवादी वित्त पोषण प्रणालीका कारण यसको उच्च जोखिममा रहेका तेस्रो मुलुकहरूको सूचीमा समावेश गरेको थियो ।