सांकेतिक तस्बिर

देश/प्रदेश

कैलालीमा भिरबाट लडेर महिलाको मृत्यु

By खबरहब

March 29, 2023

काठमाडौँ- कैलालीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

चुरे गाउँपालिका वडा नम्बर १ सायलकी २९ वर्षीया पवित्रा थापा मगरको भिरबाट लडेर मृत्यु भएको हो ।

मंगलबार घरबाट ५ किलोमिटर टाढा रहेको घोडेथर बजारमा घरायसी सामान किनमेल गरेर घर फर्किनेबेला उनको भिरबाट लडेर मृत्यु भएको गाउँपालिकाका कर्मचारी लोकेन्द्रबहादुर बोहराले जानकारी दिए ।