फोटो फिचर

गणतन्त्र दिवस : सैनिक मञ्चमा विशेष समारोह (फोटो फिचर)

By खबरहब

May 29, 2023

काठमाडौँ – गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ।

१६ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललगायतको उपस्थितिमा नेपाली सेनाले विशेष प्रदर्शन गरेको हो।

समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, लगायतको उपस्थिति रहेको थियो।

गणतन्त्र मूल समारोह समितिद्वारा आयोजित समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका थिए।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास गरियो ।

त्यस अवसरमा सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियता उजागर गर्ने गीत–सङ्गीतका धुन प्रस्तुत गरिएको थियो ।

त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत भयो ।