ब्रेकिङ स्टोरी

रास्वपाकी सांसद बिन्दबासिनीले लिइन् शपथ

By खबरहब

May 29, 2023

काठमाडौं– रास्वपाकी बिन्दवासिनी कंसाकारले प्रतिनिधिसभा  सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । 

सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख देवराज घिमिरेसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सभामुख घिमिरेले शपथ ग्रहणपछि उनलाई संघीय संसद्को लोगो प्रदान गरेका थिए । 

व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न आफूलाई दुई करोड रुपैयाँ चाहिएको भन्दै मागेको फोन संवादको अडियो सार्वजनिक भएपछि ढाकाकुमार श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यबाट हटाएर रास्वपाले कंसाकारलाई सांसद बनाएको हो ।