आर्थिक

चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अनुमान

By खबरहब

May 29, 2023

काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले संसदको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहेका छन् ।

सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अनुमान गरिएको जनाएका छन् ।

प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गरेका हुन् ।