आर्थिक

अर्थतन्त्र चुनौतीपूर्ण रहेको अर्थमन्त्री महतको स्वीकारोक्ति

By खबरहब

May 29, 2023

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले राजश्व संकलन कम भएको भन्दै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा संरचनागत परिर्वतन गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

राजश्व संकल कम भएका कारण बजेटको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको उनले बताए । मूल्यवृद्धि ,अमेरिकी डलरको मूल्यांकन लगायतले चुनौती थपिएको अर्थमन्त्री महतको भनाइ छ ।

सरकार अर्थतन्त्रलाई लयमा फर्काउन दृढ रहेको बताउँदै उनले भारत र चीनको अर्थतन्त्रमा आएको सुधारको प्रभाव नेपालमा पर्ने अपेक्षा गरेका छन् ।

उनले राजश्व संरचनामा परिर्वतन गर्नुपर्ने देखिएको बताए । निजी क्षेत्रको आशातित लगानी नभएको र वैदेशिक लगानी पनि चाहेजति हुन नसकेको मन्त्री महतले बताए ।