ब्रेकिङ स्टोरी

कम्पनी नवीकरण गर्न शुल्क नलाग्ने

By खबरहब

May 29, 2023

काठमाडौँ- अर्थमन्त्री डा‍. प्रकाशशरण महतले संसदको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहेका छन् ।

सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले १ सय रुपैयाँ अधिकृत पुँजीमै कम्पनी खोल्न पाउने व्यवस्था गरिने बताएका छन् । साथै उनले कम्पनी नवीकरण गर्न शुल्क नलाग्ने व्यवस्था गरिने बताएका छन् ।

प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गरेका हुन् ।