आर्थिक

वीर अस्पतालको बर्न युनिटलाई सुविधा सम्पन्न सेन्टर बनाइने

By खबरहब

May 29, 2023

काठमाडौं– सरकारले वीर अस्पतालको बर्न युनिटलाई सुविधा सम्पन्न सेन्टर बनाउने भएको छ ।  

सोमबार बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले वीर अस्पतालको बर्न युनिटलाई सुविधा सम्पन्न बनाएर सेन्टरको रुपमा रूपान्तरण गर्ने जानकारी दिए । 

यसका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।