ब्रेकिङ स्टोरी

तरुण दलको तदर्थ समितिमा चारसय सदस्य थप (सूचीसहित)

By खबरहब

June 29, 2023

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका छन् ।

गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले सातै प्रदेशबाट सदस्यहरू मनोनयन गरेको हो ।

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

पार्टीभित्रको गुटउपगुट मिलाउँदा तरुण दलको जम्बो तदर्थ समिति बनेको कांग्रेस स्रोतले बतायो । आन्तरिक गुटबन्दीका कारण तरुण दलसहित कांग्रेसका भ्रातृ संस्थाहरूले लामो समयदेखि महाधिवेशन गर्न सकेका छैनन् ।

यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका छन् ।