फाइल फोटो

राजनीति

कर्णाली प्रदेशसभा बैठक स्थगित

By खबरहब

June 29, 2023

सुर्खेत– कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । 

प्रदेशसभा सचिव जीवराम बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी गराएका छन् ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने जनाइएको छ ।

यसअघि बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरेको थियो ।  बजेट पैतृक सम्पत्ति जसरी बाँडेको भन्दै एमालेले संसद्मा अवरोध गर्दै आएको छ ।