फाइल तस्वीर

ब्रेकिङ स्टोरी

कोशी प्रदेश : विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने जसपाको निर्णय

By खबरहब

June 29, 2023

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा आफूलाई विश्वासको मत दिने गरेको प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश कमिटी बैठकले मुख्यमन्त्री कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय नगरेको गरेको हो ।

यसअघि कांग्रेस, माओवादी, एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।