राजनीति

स्वास्थ्यमन्त्री बस्नेतद्वारा बनेपाको रेयुकाई एईको मासुनागा आँखा अस्पताल निरीक्षण

By खबरहब

June 29, 2023

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार बनेपा ६ स्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको आँखा उपचार सेवाका विषयमा जानकारी लिएका हुन् । उनले उपचारका लागि आएका बिरामी र उनीहरूका आफन्तसँग उपचार सेवाका विषयमा कुराकानी समेत गरेका थिए ।

अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत पनि उपचार प्रदान गरिरहेको अस्पताल सञ्चालक समितिका महासचिव हीरामणी शर्माले मन्त्री बस्नेतलाई जानकारी दिएका थिए ।

मन्त्री बस्नेतले समुदायमा सर्वसुलभ रूपमा आँखा उपचार सेवा प्रदान गर्न अस्पताल सञ्चालक समितिका सदस्य र अस्पतालका स्वास्थ्यकर्मीलाई सल्लाह दिएका थिए ।