ब्रेकिङ स्टोरी

जलहरीका विषयमा मेरो कुनै सरोकार छैन : अध्यक्ष ओली

By खबरहब

June 29, 2023

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन् ।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले जलहरीका विषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसामात्रै दिने काम गरेको भन्दै अन्य विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका हुन् ।

उनले संसदमा एमालेलाई बदनाम गर्न कसैले यो विषयलाई उचालेको तर्क गरे । ओलीले पशुपतिमा कसैले सुन नै खाएको भएपनि त्यो आफ्नो सरोकारको विषय नभएको उल्लेख गरे ।

ओलीले उद्घाटन र शिलान्याश गर्नेको नाम राख्ने गरिएको भएपनि यस विषयमा आफूलाई केही जानकारी नभएको जिकिर गरे ।

ओलीले वर्तमान सरकार स्वार्थसँग अडिएको पनि बताउनुभयो । अध्यक्ष ओली धान दिवसका सहभागी हुन चितवन पुगेका हुन् ।