देश/प्रदेश

उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीनको पाण्डा प्रजनन केन्द्रको अवलोकन

By खबरहब

June 29, 2023

छेन्दु- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्रको अवलोकन गरेका छन् । पाँचदिने चीन भ्रमणमा रहेका उनले आज उक्त प्रजनन केन्द्रको अवलोकन गरेका हुन् ।

सो क्रममा केन्द्रका पदाधिकारीले उनलाई पाण्डा संरक्षणमा चीन सरकारले गरेका कार्यका सम्बन्धमा जानकारी गराएका थिए । चीनले पाण्डालाई उचित महत्व दिँदै संरक्षणमा जोड दिँदै आएको छ । सो केन्द्रमा करिब दुई सयको सङ्ख्यामा पाण्डा रहेका छन् ।

पाण्डा अवलोकनका लागि सो केन्द्रमा दैनिक ९० लाख पर्यटक पुग्ने गरेको छन् । केन्द्रमा पाण्डाको प्रजनन कार्य हुँदै आएको छ ।