सांकेतिक तस्बिर

देश/प्रदेश

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

By खबरहब

June 29, 2023

काठमाडौँ- कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका २५ वर्षीय रामलखन राना पक्राउ परेका हुन् । रानालाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट २९० मिलिग्राम लागूऔषध फेला पारी उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।