राजनीति

भाजपाको निमन्त्रणामा दिल्ली गएको माओवादी टोली स्वदेश फर्कियो

By खबरहब

July 29, 2023

काठमाडौँ– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा गएको नेकपा माओवादी केन्द्रको टोली स्वदेश फर्केको छ ।

पार्टी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा नयाँ दिल्ली गएको टोली शुक्रवार राति स्वदेश फर्किएको हो । भुसाल नेतृत्वको सो टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू सुरेशकुमार राई र रामेश्वरराय यादव रहेका थिए ।

साताब्यापी नयाँ दिल्ली भ्रमणमा भुसाल नेतृत्वको टोलीले भाजपा अध्यक्ष जगतप्रकाश नड्डा, केन्द्रिय मन्त्री स्मृति इरानीलगायतसँग पार्टी मुख्यालयमा भेटवार्ता गरेको थियो । 

दुई पार्टीबीच भाइचारा सबन्ध बिस्तार गर्नका लागि भाजपाले माओवादी केन्द्रलाई निम्तो दिएको थियो । भाजपाले विश्वभरीका राजनीतिक दलसँग सबन्ध विस्तारका लागि बिभिन्न देशका पार्टीहरूलाई निमन्त्रणा गर्दै आएको छ ।