अन्तर्राष्ट्रिय

अध्ययनमा तालीवानको ज्यादती

By मनोज घिमिरे

August 29, 2023

‘तालीवानले विश्वविद्यालयमा महिलामाथि प्रतिबन्ध लगाएपछि मेरो अन्तिम आशा छात्रवृत्तिमा विदेशमा पढ्न जान चाहने मात्र थियो,’ यो २० वर्षीया एक अफगान छात्राको गुनासो हो। तालीवानले महिलामाथिको ज्यादती बढाउँदै लादा पनि ती छात्राको घरेलु भूमिमै पढ्न पाउने दिन फर्कन्छ की भन्ने आशा लामो समयसम्म थियो। तालीवान सत्ताको अङ्कुश झन् दरिलो बन्दै गएपछि उनको सो आशा टुटेको हो।

अध्ययनलाई अगाडि बढाउन तड्पिरहेकी उनका लागि अरबी बिलिनियर व्यापारी सेख खलाफ अहमद अल अब्दुर संयुक्त अरब इमिरेट्सको दुबई विश्वविद्यालयमा छात्रवृत्तिको व्यवस्थापन गर्न तयार भए। सन् २०२२ को डिसेम्बरमा अफगान महिलाका लागि सो अवसरको घोषणा भएको हो।

त्यसपछि एक सय जना अफगान महिलाले छात्रवृत्ति पाएका थिए। यी मध्येका केही दुबई पुगिसकेका छन्। २३ अगस्टको दिन निकिता पनि आफ्नो परिवारसँग बिदा भएर एयरपोर्ट पुगेकी थिइन्। त्यहाँ उनको सपना एकै पटक चकनाचुर भयो। तालीवान अफिसरले उनको टिकट र शैक्षिक भिसा देखेपछि महिला शैक्षिक भिसामा बाहिर जान नमिल्ने बताउँदै यात्रा गर्न दिएनन्। यसरी एयरपोर्टबाट फर्काउने ६० जना मध्ये निकिता एक जना हुन्। कालो हिजाव र हेड स्कार्भ लगाएर बसेका महिलाको लस्कर त्यहाँ देखिएको छ।

तालीवान महिलालाई एक्लै विदेश यात्रा गर्न बञ्चित गरिएको छ। सदस्य, बाबु दाजु, भाइ र काका जस्ता परिवारका अन्य सदस्यसँग मात्र त्यहाँ जान छुट गरिएको छ।

आफ्नै बहिनीसँग एयरपोर्ट पुगेकी सम्स अहमदको पनि आफ्नै खालको पीडा छ। उनी पनि आफ्नो दिदी बहिनीको भविष्यका लागि सो छात्रवृत्ति उपयोगी भए पनि विकसित घटनाले भाव विह्वल भएको बताउँछिन्।

केही महिलाले आफ्नै परिवारको पुरुषका लागि भिसा लगाउन र यात्रा गर्न ऋण नै खोजेका थिए। त्यसका बाबजुद उनीहरूलाई रोकिएका छन्। कतिपय महिला यत्ति गरिब थिए की उनीहरूसँग डकुमेन्ट प्रमाणीकरण गर्न लाग्ने पैसा पनि थिएन हार गुहार गरेर उनीहरूले यसको व्यवस्थापन गरेका थिए।

यो खबर सुनेपछि हब्दुरले ट्टीटरमा तालीवान सत्ताको विरोध गरेका छन्। उनले कुरान अन्तरगत महिला र पुरुष बराबर भएको बताउँदै तालीवान सत्ताको विरुद्धमा आफ्नो कुरा राखेका हुन्।

अफगान महिला अहिले अन्तर्राष्ट्रिय सहयोगको अपेक्षामा छन्। परन्तु उनीहरू खुलम खुला बोल्न सक्दैनन्। ह्युमन राइट वाचका हेथर बारले तालीवान महिला शिक्षामा पहिलेदेखि कठोर भए पनि यो घटना भने चरम ज्यादती भएको प्रतिक्रिया दिएका छन्।

उनीहरूलाई त्यहाँबाट फर्काइनुले अन्यलाई पनि शिक्षाबाट वञ्चित गरिएको प्रष्ट भएको छ। उपप्रधान तथा धार्मिक मन्त्रालय मोहम्मद सदिक अकिफ मुहाजीरले यो घटनाले आफूहरू विचलित नभएको प्रतिक्रिया दिए। वरिष्ठ तालीवान प्रवक्ता जबीउल्ला मुजाहीदले पनि यस घटनाको बारे कुनै प्रतिक्रिया दिएनन्। उनले यस प्रकरणको बारे आफूलाई जानकारी नै नभएको बताएका छन्।

यसरी फर्काइने निकिताले हाइ स्कुलको पढाइ सकेपछि २०२१ को अगस्टमा विश्व विद्यालयको तयारी गरेकी थिइन्। सोही समयमा तालीवानले सत्ता कब्जा गरेको हो।

त्यसपछि उनको पढाइ रोकिएको हो। उनले महिलालाई यसरी पूर्ण रूपमा शिक्षाबाट वञ्चित गराइनु अपराध भएको प्रतिक्रिया दिएकी छिन्।

तालीवान सत्ताको महिला माथिको ज्यादती अझ बढ्दो नै छ। एक दिन अघि मात्र बमयान प्रान्तमा रहेको राष्ट्रिय पार्कमा भ्रमण गर्नका लागि महिलालाई प्रतिबन्ध लगाइएको छ।

धार्मिक मन्त्रालयले पार्क भित्र प्रवेश गरेपछि महिलाले हिजाव नलगाउने भएका कारण यो निर्णय गरिएको बताए। उनले यसको अर्को समाधान पत्ता नलगाएसम्म गार्डलाई महिलालाई प्रवेश गर्न नदिन सर्कुलर जारी नै गरेको स्वीकार गरे।

सन् २००९ मा अफगानिस्तानको पहिलो राष्ट्रिय पार्क घोषित सो पार्क पर्यटनको केन्द्र मानिन्छ। युनेस्कोले व्याख्या गरे अनुसार सो पार्कमा प्राकृतिक रूपले तयार भएको ताल छन्। भौगोलिक रूपले तयार भएको संरचनाले पार्कलाई सुन्दर बनाएको छ। त्यसपार्क भित्र प्रवेश गरेपछि महिलाले धार्मिक मापदण्ड पार गर्ने भएका कारण रोक्न बाध्य भएको सरकारी धारणा छ।

त्यसै पार्ककी प्रमुख सायद नसरुला वेजले अन्यबाट आउनेको हकमा यो लागु भए पनि तालीवान महिलाले हिजाव सधैँ लगाउने गरेको प्रतिक्रिया दिएकी छिन्। पूर्व अफगान प्रधानमन्त्री मारियन सोलाइमानखिले पनि ट्टीटरमा एउटा कविता सेयर गर्दै आफूहरू पक्कै फर्कने प्रतिक्रिया दिएका छन्।

ह्युमन राइट वाचकी महिला समानताका समयमा पार्क भ्रमणमा नै बन्देज लगाइनु अत्यन्त ठुलो ज्यादती भएको प्रतिक्रिया दिएकी छिन्। अफगानिस्तानमा मानव अधिकारका लागि संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिनिधि रिचार्ड बेनेटले सारि र अफगान संस्कृतिले महिलालाई सो पार्क भ्रमण गर्न बन्देज लगाउनु कहाँ रोकको छ भन्ने प्रश्न गरे।

अफगानिस्तानमा महिलामाथिको प्रतिबन्धका समाचारलगातार बाहिर आएका छन्। यस शृङ्खलामा विभिन्न चरण छन्। पहिलो चरण भनेको २०२१ को सेप्टेम्बरमा तालीवानले सत्ता लिए लगत्तै छात्रालाई माध्यमिक शिक्षाबाट रोकिएको थियो। तालीवानले सत्ता हातमा लिएपछि केही दिन शिक्षण संस्था नै बन्द भएका थिए। ती शिक्षण संस्था खोल्ने क्रममा नयाँ तालीवान सरकारले पुरुषका लागि शिक्षालय खुला गरेको थियो।

यसको लामो समयसम्म त्यहाँका महिला सरकारी नीतिमा परिवर्तन आउने आस गरेर बसेका थिए। तालीवान सत्तामा केही नरम पन्थी नभएका होइनन्। उनीहरू महिला शिक्षाको पक्षमा नै छन्। तथापि शक्तिशाली तहमा त्यो सङ्ख्या अत्यन्त न्यून छ। यस कारण महिलाको अधिकार एकपछि अर्को छिनिँदै गयो।

२०२१ को डिसेम्बरदेखि २०२२ को मार्चसम्म महिला माथिको ज्यादतीको अर्को चरण मानिएको छ। सो समयमा महिलाले शान्तिपूर्ण रूपले आफ्नो माग राख्ने अधिकारबाट वञ्चित गरिएको थियो। यसै अवधिमा महिलालाई लामो यात्राका लागि घरमै पुरुष सदस्यको साथमा मात्र यात्रा गर्न अनुमति दिइएको थियो।

शिक्षाको माग गर्दै प्रदर्शन गर्नेहरू मागी सरकारी दमन बढेको थियो। त्यस दमनसँगै सबै खाले प्रदर्शन बन्द भएको थियो। यसपछि २०२२ को मार्चमा सत्ताले महिलाका लागि नकिट भविष्यमा विद्यालय खुलिने सूचना जारी गरेको थियो। केही समयपछि महिलाहरू बेन्चमा बसीरहेको समयमा विद्यालयको प्रधानाध्यापकलाई भनेर घरमा फिर्तासमेत लगिएको थियो।

२०२२ को मेमा टाउकोदेखि पैतालासम्मको नयाँ ड्रेस कोड लागू भएको थियो। फेसन तथा ब्युटी पार्लरमा जान पनि घरमै पुरुष साथी जिम्मेवार भएर मात्र जान पाउने सरकारी प्रावधान बनेको थियो।

२००२ को अक्टोबरदेखि डिसेम्बरको समय विश्वविद्यालयमा महिलाको प्रवेश, सार्वजनिक स्थानमा प्रवेश तथा एनजिओमा काम गर्न प्रतिबन्ध लागेको थियो। यसै समयमा महिला शिक्षाका लागि नयाँ बहस सुरु भएको थियो।

अफगान नेतृत्वमा भएको सो छलफलमा बहुमत नै महिलामाथि अझ कठोर प्रतिबन्धको पक्षमा रहेको थियो।

सन् २०२३ को जुलाईमा ब्युटी सैलुन बन्द भएको थियो। यसका बाबजुद केही महिलाले लुकेर चलाएको थियो। यसरी लुकेर सैलुन चलाएको सकारले थाहा पाएमा अत्यन्त कडा कारबाही र यातना दिइएका छन्। स्रोतः बीबीसी