ब्रेकिङ स्टोरी

आफ्नो पहिचानको कुरा गर्दा अरूको आस्थामा खलल पुर्‍याउन पाइन्न : प्रधानमन्त्री

By खबरहब

August 29, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विधिको शासनमा प्रतिबद्ध रहेको बताएका छन् ।

आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जनावफ दिने क्रममा उनले अनेतकतामा एकता नेपाली मात्रको विशिष्टता भएको बताए ।

सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफमा उनले सामाजिक एकता, सद्भाव र समाजिक सहअस्तित्वमा खलल पुर्‍याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार प्रतिवद्ध रहेको बताए ।

पहिचानका कुरा गर्दा कसैको आस्थामाथि कुनै विभेद नगरिने उनको भनाइ छ । उनले आफ्नो पहिचानको कुरा गर्दा अरूको पहिचान र आस्थामा खलल पुर्‍याउन नपाइने समेत बताए ।

यस्तै, प्रधानमन्त्री दाहालले आसन्न चीन भ्रमणका क्रममा यसअघिका सहमति कार्यान्वयनमा जोड दिइने बताए ।

कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे गरेको प्रश्नमा उनले नेपालको आर्थिक र व्यापार सम्बधलाई थप सघन बनाउने र नाकालाई सघन बनाउनुका साथै सहयोग विस्तारबारे पनि चिनियाँ पक्षसँग सम्वाद गर्ने बताए ।