फाइल फोटो

अन्तर्राष्ट्रिय

इमरान खानविरुद्ध सुनाइएको जेल सजायमा उच्च अदालतले लगायो रोक

By खबरहब

August 29, 2023

काठमाडौँ– पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरिक इन्साफका अध्यक्ष इमरान खानमाथिको सजायमा रोक लगाएको छ । सरकारी उपहार अर्थात् तोशाखाना भ्रष्टाचार मुद्दामा उच्च अदालतले खानमाथिको सजायमा रोक लगाएको हो ।

उच्च अदालतले खानलाई धरौटीमा छाड्न समेत आदेश दिएको छ । मुख्य न्यायाधीश अमिर फारुक र न्यायाधीश महमुद जहाँगिरको इजलासले खानको पुनरावेदन निवेदनमाथि सुनुवाई गर्दै यस्तो फैसला सुनाएको हो ।

यसअघि गत अगस्ट ५ मा इस्लामावाद ट्रायल कोर्टले भ्रष्टाचार मुद्दामा खानलाई दोषी ठहर गर्दै ३ वर्षको जेल र एक लाख पाकिस्तानी रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । यससँगै उनी ५ वर्षका लागि चुनाव लड्न अयोग्य भएका थिए ।