प्रतिकात्मक तस्वीर

देश/प्रदेश

बैतडीका एक शिक्षक एकसातादेखि बेपत्ता

By खबरहब

August 29, 2023

बैतडी– बैतडीका एक शिक्षक एकसातादेखि बेपत्ता रहेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा गएको मंगलबार साँझदेखि बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

लटिनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते मंगलबार बेलुका विद्यालयबाट घर फर्किदा बेपत्ता भएका हुन् । 

शिक्षक बोहरा बेपत्ता भएको भोलिपल्ट बुधबारदेखि खोजी कार्य जारी रहेको भएपनि अहिले फेला पर्न सकेका छैनन् ।