देश/प्रदेश

२० किलो चाँदीसहित दुई जना पक्राउ

By खबरहब

August 29, 2023

सिन्धुली- सिन्धुलीमा २० किलो अवैध चाँदीसहित दुई जना पक्राउ परेका छन् । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ खनियाँखर्कबाट मगंलबार २० किलोग्राम अवैध चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरी चौकी गढीबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको कारमा लुकाई छिपाई राखेको २० किलोग्राम अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको हो ।

बरामद गरिएको चाँदीको हालको मूल्य २४ लाख ६१ हजार ७६० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका– ५ बस्ने रोहितकुमार यादव र सप्तरीको राजविराज नगरपालिका –८ घर भई हाल विराटनगर महानगरपालिका– ४ बस्ने ३७ वर्षका शेचन मानन्धर रहेका छन् ।

नियन्त्रणमा लिएको चाँदी थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए ।