मनोरञ्जन

‘गदर २’ र ‘ओएमजी २’को नेपालमा कमाइ सन्तोषजनक

By खबरहब

August 29, 2023

काठमाडौँ – भारतीय बक्स अफिसमा उछाल कमाइरहेको बलिउड फिल्म ‘गदर २’ ले नेपालमा भने सन्तोषजनक कमाइ गरेको छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मले आइतबारसम्म नेपालमा ६ करोड १३ लाख रुपैयाँ ग्रस कमाएको छ ।

सनी देओल स्टारर यो फिल्म पछिल्लो सप्ताहन्त ५० प्रतिशत हाराहारीको अकुपेन्सीसहित प्रदर्शनरत थियो । भारतीय बक्स अफिसमा भने यसले आइतबारसम्म ४५० करोड नेट भारु कमाएको छ । योसँगै भारतीय बक्स अफिसमा सबैभन्दा छिटो ४५० करोड भारु कमाउने हिन्दी फिल्म समेत बनेको छ ।

अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी २’ ले नेपाली बक्स अफिसमा आइतबारसम्म दुई करोड ५० लाख ग्रस कमाएको छ । एकैदिनमा रिलिज भएको ‘गदर २’ भन्दा ‘ओएमजी २’को कमाइ आधा छ । अर्को बलिउड फिल्म ‘ड्रिमगर्ल २’ ले पनि नेपालमा सुखद कमाइ गरिरहेको छ ।

समीक्षात्मक रुपमा राम्रो भए पनि नेपाली फिल्म ‘जुलेबी’ र ‘महानगर’ले व्यावसायिक पक्षमा कमजोर व्यापार गरेका छन् । यी दुवै फिल्मलाई यतिबेला हलले उतारिसकेका छन् ।

स्रोत एनआई