देश/प्रदेश

सुत्ने कोठाको भित्तामा राधाकृष्णको तस्वीर किन राखिन्छ ?

By खबरहब

September 29, 2023

विशेष गरी हिन्दु धर्ममा आस्था राख्नेहरूले घरमा राधाकृष्णको तस्वीर सजाएर राख्ने गरेको पाइन्छ । त्यसमा पनि विवाहित दम्पतीले आफू सुत्ने कोठाको भित्तामा राधाकृष्णको तस्वीर राख्ने गर्दछन् ।

वास्तुशास्त्र अनुसार घरमा भएको दोषका कारण पति पत्नीबीचको सम्बन्धमा समस्या आउन सक्छ । वास्तुका अनुसार घरको दोषका कारण सन्तान सुख प्राप्तिमा पनि असर पर्न सक्छ ।

यस्तो अवस्थामा पतिपत्नीबीचको सम्बन्ध सुमधुर बनाउनका लागि शयन कक्ष (सुत्ने कोठा) को भित्तामा राधाकृष्ण तथा फूलेको गुलाबको तस्वीर राख्दा फाइदा पुग्छ । किनकि गुलाबलाई प्रेमको प्रतीक मानिन्छ ।

राधाकृष्णको तस्वीर देख्दा मनमा प्रेमको भावना उत्पन्न हुन्छ । ज्योतिषशास्त्रका अनुसार राधाकृष्णको तस्बिर शयन कक्षको भित्तामा लगाउँदा पतिपत्नी बिचको  आपसी प्रेम कसिलो बन्छ ।