देश/प्रदेश

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

By खबरहब

September 29, 2023

काठमाडौँ– राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको ५२ वर्षको उमेरमा निधन भएको छ ।

राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत सहसचिव कार्कीको स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान नर्भिक अस्पताल लगिएको थियो । 

स्थायी घर ओखलढुंगा भएका कार्कीलाई अस्पताल पुर्‍याउनासाथ परीक्षणका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।