देश/प्रदेश

फरार अभियुक्त पक्राउ

By खबरहब

September 29, 2023

काठमाडौँ- भन्सार ऐन २०६४ अन्तर्गतको कसुर र संगठित अपराध मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बिगु गाउँपालिका– १ का राज तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौँको वनस्थलीबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाको आग्रहमा उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । थप अनुसन्धान एवम कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको जनाइएको छ ।