आर्थिक

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भएको छ कारोबार ?

By खबरहब

October 29, 2023

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको पहिलो दिन आज छापावाल सुन १ लाख १७ हजार र तेजाबी सुन १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको थियो । शुक्रबारको तुलनामा आजको मूल्य एकहजार रुपैयाँले बढी हो । 

यो सुनको मूल्य हिजो निर्धारण भएको हो । यसअघि शनिबार सुनको मूल्य तोकिने गरेको थिएन ।

महासंघका अनुसार आज चाँदी तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।