अपराध

ई-सेवाको आधिकारिक कर्मचारी हुँ भनी ठगी गर्ने ५ जना पक्राउ

By खबरहब

October 29, 2023

काठमाडौं– ई-सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका नवनितकुमार कुशवाहा, कन्हैयाकुमार कुशवाहा, दीपेन्द्रकुमार यादव, अभयकुमार यादव र रितेश कुशवाहा रहेका छन् ।

उनीहरूले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी आफू ई-सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ओटीपी मागेर १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका  प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटका विभिन्न स्थानबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।