जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्प प्रभावित अहिले चिसोमा बस्न बाध्य छन्। कात्तिक १७ गतेको भूकम्पमा परेर १ सय ५४ जनाले ज्यान गुमाए भने बाँचेकाहरु पनि अहिले चिसोमा कठ्याङ्ग्रिन बाध्य छन्। तर देशको संघीय राजधानी भने त्यो पीडाभन्दा फरक आन्दोलनमा छ। पार्टीको युवा जमात पीडितलाई राहत र उद्धारका लागि भन्दा पनि आन्दोलनमा केन्द्रित छन्। नागरिकको पीडा एकातिर र राजनीति अर्कोतिर अगाडि बढिरहेको छ। यस्तो किन हुन्छ ? दल र नेताले नागरिकको पीडा किन बुझ्दैनन् ? यी र यस्तै विषयमा केन्द्रित भएर नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
तपाईं भूकम्प प्रभावित क्षेत्रबाट केन्द्रमा प्रतिनिधित्व गरिरहनुभएको छ। भूकम्प प्रभावित चिसोले बिरामी परेका छन्। खान, बस्नसँगै स्वास्थ्य उपचारको अभाव छ। किन पीडितकको व्यवस्थापन चुस्त भएन ? राहत र उद्धारमा सरकार गम्भीर देखिएन। पीडितका लागि राहत र उद्धारमा सक्रिय हुनुपर्ने राजनीतिक दल र तिनका नेता राजनीतिक स्वार्थमा अल्झिएका छन्। परिवारमा कसैका धेरै सन्तान होलान, कसैको थोरै होलान। तर राज्यले एउटा कम्बल दिएको छ। एउटा पाल लगेर दिएको छ। कसैको धेरै क्षति भएको होला कसैको थोरै भएको हुनसक्छ। पीडितको पीडा बुझ्ने भन्दा पनि चुनावी राजनीति बढी देखिएको छ। ठुला नेता पुगेको र प्रभाव पार्ने ठाउँमा राहत धेरै पुगेको छ। माओवादीले सन्तुलित ढंगले काम गर्न सकेन। एमालेले त्यसको खबरदारी गरेको छ। जहाँ समस्या आउँछ त्यहाँ समाधान गर्दै जाने काम हामीले गरेका छौं।
राहत र उद्धारमा सरकार गम्भीर देखिएन। पीडितका लागि राहत र उद्धारमा सक्रिय हुनुपर्ने राजनीतिक दल र तिनका नेता राजनीतिक स्वार्थमा अल्झिएका छन्।
भूकम्प जाने बित्तिकै माओवादीका र कांग्रेसका नेता कार्यकर्ता त्यहाँ पुगे, एमालेको भूमिका के रह्यो ? राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनताले चिनेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा असफल भएका नेताले जुनसुकै ठाउँमा पुगेर पनि राजनीति नै गरेको देखिएको छ। अहिले पश्चिममा भूकम्पले क्षति गरेको ठाउँमा भूकम्पको निहुँ गरेर नेताहरु जनतालाई ठग्न गएका छन्। काठमाडौंदेखि उनीहरु चढेर गएको हेलिकप्टरको खर्च पाल र कम्बल किन्न पठाएको भए अहिले पीडित नागरिक चिसोले कठ्याङ्ग्रिएर मर्नु पर्ने थिएन।
राजनेताको काम फोटो खिच्ने होइन, पीडित नागरिकलाई सेवा सुविधा दिने हो। अहिले एमालेले त्यहाँ देखिएको समस्यालाई व्यवस्थापन गरेर अस्थायी आवास बनाउन सक्रिय भएको छ। महेश बस्नेत, दुर्गा प्रसाईँसँग अलमलिएको हुनाले एमालेको सानो शक्ति यहाँ अल्मलिएको छ। काम गर्ने मूल शक्ति जो २०७२ को भूकम्पमा गोकर्ण विष्टको नेतृत्वमा गोरखादेखि सिन्धुपाल्चोक हुँदै सिन्धुलीसम्म पुग्यो। त्यो टिम अहिले जाजरकोटमा परिचालन हुनुपर्छ।
दुर्गा प्रसाईंसँग सिगौरी खेलेर एमालेको युवा पुस्ता किन काठमाडौंमा बसेको ? अहिलेको आवश्यकता यो होइन। दुई तीन दिनमा यी पानीका पोकाहरू आफै फुट्छन्। मूर्ति चोरहरुले फेरि राजाको कुरा गरेर बस्नुको कुनै अर्थ छैन। यो प्रणाली त्यत्ति कमजोर छैन। भ्रष्टाचारीका साना आन्दोलनले यसलाई हल्लाउन सक्दैन।
अहिले पश्चिममा भूकम्पले क्षति गरेको ठाउँमा भूकम्पको निहुँ गरेर नेताहरु जनतालाई ठग्न गएका छन्। काठमाडौंदेखि उनीहरु चढेर गएको हेलिकप्टरको खर्च पाल र कम्बल किन्न पठाएको भए अहिले पीडित नागरिक चिसोले कठ्याङ्ग्रिएर मर्नु पर्ने थिएन।
गणतन्त्रपछि राजनीतिक नेतृत्वप्रति धेरै प्रश्न उठेका छन्। तपाईंहरुले यसको जवाफ दिनु पर्दैन ? जुनसुकै देशमा पनि विकाससँगै भ्रष्टाचार पनि जोडिन्छ। काम गर्ने मान्छेले खान्छ। यहाँ त काम नै नगर्ने मान्छेले खाएका छन्। ठेकेदार काम नगरी कालो धन्दा चलाएर बसेका छन्। १ अर्बको ऋण लिँदा ३६ प्रतिशत नाफा खाएर १८ प्रतिशत ब्याज तिरेको हुन्छ। यहाँ त दुर्गा प्रसाईंहरू ११ अर्ब बजेट लिन्छन्। १८ प्रतिशत ब्याज तिर्दैनन्।
अहिले आएर नेकपा (एमाले)दुर्गा प्रसाईं जस्तो एउटा व्यक्तिसँग किन लड्नु पर्ने अवस्था आयो ? हाम्रो पार्टीको समग्र ध्यान जाजरकोटमा छ। महेशजी के कारणले दुर्गाजीसँग फस्नु भयो थाहा छैन। अब केही दिनमा यी दुबैको हावा लिक हुन्छ।
केपी ओलीले भक्तपुरमा गएर पाँच हजार पूर्व लडाकु दुर्गा प्रसाईंले एमालेमा भित्राए भनेर केक काट्नु भएको थियो। अहिले तिनै प्रसाईंसँग किन लडाइँ हो ? पहिला लडाकुहरू दुर्गा प्रसाईंले भित्र्याएको होइन। लडाकुहरू रामबहादुर थापा, लेखराज भट्ट जस्ता नेता एमालेमा आउनुभएको छ। जनयुद्धका योद्धाहरूले एमाले ठिक रहेछ भन्नुलाई दुर्गा प्रसाईंसँग जोडेर हेर्नु हुँदैन।
दरबारदेखि लखेटिएर लामो समय चुपचाप बसेका ज्ञानेन्द्रको कुण्ठा अहिले देखाउने उपयुक्त समय उनले देखे। गणतन्त्रवादी शक्ति जनताको आशिर्वादले यहाँ आएका हुन्। जनताले दिने आर्शिवाद भनेको मत नै हो। राजाले सत्ता चलाउने भए दुई तिहाइ ल्याएर संविधान संशोधन गरेर देखाए हुन्छ। यो शैलीले एउटा राष्ट्राध्यक्षले पाएको सम्मान पनि ज्ञानेन्द्रले गुमाउने देखिन्छ। यदि ज्ञानेन्द्रले नै दुर्गा प्रसाईंलाई अस्त्र बनाएका भए भुइँको टिप्दा पोल्टाको खस्ने खतरा हुन्छ।
यो शैलीले एउटा राष्ट्राध्यक्षले पाएको सम्मान पनि ज्ञानेन्द्रले गुमाउने देखिन्छ। यदि ज्ञानेन्द्रले नै दुर्गा प्रसाईंलाई अस्त्र बनाएका भए भुइँको टिप्दा पोल्टाको खस्ने खतरा हुन्छ।
२०६३ सालमा राजसंस्थाको विषयमा जनमत संग्रहको सवाल एमालेले उठाएको होइन ? त्यो जनमत संग्रह गतिशिल कदम थियो। कांग्रेस कुनै न कुनै प्रकारका पहिले त्रिभुवन बाजे राजा भए, कहिले २००७ सालमा ज्ञानेन्द्र नाति राजा भए। गिरिजा बाबुले पनि नाति राजाको कल्पना गरेका थिए। कांग्रेस राजतन्त्रलाई कम्युनिष्टहरुको विरुद्धमा प्रयोग गर्नैपर्छ भन्नेमा थियो। त्यो कांग्रेसलाई गणतन्त्रको पक्षमा नउभ्याई गणतन्त्र आउँदैन भनेर हामीले कि जनमत सङ्ग्रह गरौँ भनेको हुनसक्छ। राजतन्त्र कांग्रेसलाई नमनाएसम्म भारत पनि मान्दैन भनेर त्यो बेला ओलीले ठेलागाडाको कुरा गर्नु भएको हो। तर त्यो बेलामा प्रचण्डलाई नोयडामा पालिएको थियो। भारतले प्रचण्डलाई प्रयोग गरेको थियो। त्यो कुराको पुष्टि २०७२ सालमा भएको छ।
मंसिरको चुनावपछि पुस ८ गते बार्दलीमा राखेर प्रचण्डलाई प्रधानमन्त्री बनाएको तपाईंहरूले होइन? हाम्रो समग्र एजेण्डा नेपाल बनाउने थियो। देश बनाउने र बचाउनेसम्मको मुद्दामा स्वदेश भित्र हाम्रो कोही शत्रु छैन भन्ने निष्कर्ष थियो। देश बनाउन खोज्दा बालकोटमा आउँछन्। फेरि स्वार्थ मिलेन भनेर बाहिरका मान्छेसँग मिल्छन्।