जीवनशैली

पञ्चदेवको पूजा किन गरिन्छ ? को हुन् पञ्चदेव ?

By खबरहब

November 29, 2023

हिन्दु धर्ममा पूजापाठको महत्वपूर्ण स्थान रहेको छ । धार्मिक मान्यता अनुसार नियमित पूजापाठ गर्दा मनोकामना पुरा हुने र मनमा शान्ति मिल्ने गर्दछ ।

हरेक मान्छे आफ्नो मनोकामना पुरा गर्न र मनोकामना पुरा भएपछि मन्दिरमा गएर वा घरैमा मन्दिर बनाएर पूजा गर्ने गर्छन् ।

हिन्दु संस्कारअनुसार विशेष गरी पञ्चदेवको पूजा गर्ने चलन छ  । पञ्चदेव अन्तर्गत भगवान् विष्णु, गणेश, शिव, सूर्य र दुर्गा पर्दछन् ।

नियमित पूजाका क्रममा यी पञ्चदेवको विशेष पूजा गर्नु पर्दछ । यसो गरेमा घरमा सुख समृद्धि प्राप्ति हुने धार्मिक मान्यता छ ।