ब्रेकिङ स्टोरी

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

By खबरहब

November 29, 2023

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पार्टी पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति देउवाको निवास धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा आगामी पुसमा हुने महासमिति बैठक तयारीका विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारका कामको समीक्षासहितको प्रतिवेदन प्रस्तुत गर्ने बुझिएको छ ।

कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गते बस्नेगरी तोकिएको छ ।