ब्रेकिङ स्टोरी

सिंहदरबारमा मन्त्रिपरिषद बैठक बस्दै

By खबरहब

November 29, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल यूएई जानुअघि आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

नियमित रुपमा हिजो बस्नुपर्ने बैठक आज बस्न लागेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन आज राति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाँदै छन् ।